You are viewing the translated version of किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग.

Section 42
किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निसर्ग गरेमा देहाय बमोजिम हुनेछ:-

(क) सम्पत्ति निसर्ग गर्ने व्यक्तिलाई निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निसर्गबाट प्राप्त भएको मानिनेछ, र

(ख) निसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ । तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।